स्याङ्जाको दरौंखोला (पुतलीबजार – १३, अर्जुनचौपरी – १ र भिरकोट – ७) बाट पोखरामा अध्ययन, पेशा र व्यवसायमा संलग्न भई स्थायी र अस्थायी रुपमा बस्दै आएका करिब २०० आजीवन सदस्यहरु रहेको सुखदुःखको चौतारी दरौंखोला सामीप्य समाज, पोखराको भितेपात्रो विमोचन एवम् शुभकामना आदानप्रदान कार्यक्रम शनिबार बाल प्रभाव बोर्डिङ स्कूल न्युरोडमा सम्पन्न भयो। संस्थाका संरक्षक एवम् कार्यक्रमका प्रमुख अतिथि क्या. हीरावहादुर थापाले समाजले हालसम्म गरेका कामहरूको प्रशंसा गर्दै नवनिर्वाचित समितिले गरेका रचनात्मक, सिर्जनात्मक र सामाजिक तथा मानवीय उत्तरदाइत्वका कामको निरन्तरताले संस्थाको उचाइ बढेको व्यक्त गर्नुभयो। संस्थाका उपाध्यक्ष गंगाराम पौड्यालको स्वागत मन्तव्य, अनुजा गौतमले नववर्षको कविता , सल्लाहकार होतवहादुर रोकाले साइबर अपराध (Cyber Crime), संरक्षक दोबवहादुर कार्कीले संस्थाका गतिविधि र भितेपात्रो तथा विज्ञापन उपसमिति संयोजक डोलराज अर्यालले धन्यवाद व्यक्त गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष बोधराज गौतम र सञ्चालन सचिव नम रोकाले गर्नुभएको थियो।
